२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा (एमाले)का २२ सांसदहरुलाई आज स्पष्टीकरणपत्र पठाइँदै छ । स्पष्टीकरणपत्र पठाउने तयारी भइरहेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
हिजो बसेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह र अध्यक्ष केपी शर्मा ओली पक्षमा रहँदै आएका गरी २२ जनाले पक्षमा मत हालेका थिए । खनाल–नेपाल समूहका १० सांसद मतदानमा उपस्थित भएनन् ।
खनाल–नेपाल समूहका २८ सांसद तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते विश्वासको मत दिन अनुपस्थित भएका थिए । सोही कारण अहिलेको अवस्था आएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिने तामाङले बताए ।
देउवालाई विश्वासको मत दिने सांसदहरुले भने स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । एक सांसदले आफूहरुले संसद् जोगाउनका लागि विश्वासको मत दिएको भन्दै कारबाही भए अदालत जाने बताए । ओलीले अदालतको मानहानी गरेको ठहरिए १ बर्ष कैद हुने कानूनी ब्यबस्था छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij