२०८२ माघ १५ गते बिहिवार
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ। ओलीलाई भेट्न विप्लव मंगलबार बिहान भक्तपुरको बालकोट स्थित उनकै निवास पुगेका हुन्।
उनीहरु बिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो।
सो भेटमा नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा, सचिवालय सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढासहित सहभागी रहेको जनाइएको छ ।
पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त छन्, सोही क्रममा ओलीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विप्लवले ट्विट गरेर पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल भएको जानकारी दिएका छन्।
उनले यस अघि प्रचण्ड,माधव नेपाल,बाबुराम भट्टराई सहितका नेतालाई भेटिसकेका छन्। देउसी भैलो शैलीमा विप्लबले नेता भेट्ने गरेपछि धेरैले उनका गतिबिधीलाई फरक ढंगले हेरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij