२०८२ माघ १५ गते बिहिवार
नेकपा एमालेको केन्द्रीय कमिटीले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेपछि माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।
स्पष्टीकरणसँगै कारबाही गर्ने चेतावनी दिइएपछि देउवाको पक्षमा मतदान गर्ने माधवकुमार नेपालसहित २२ सांसद कारबाहीलाई कसरी सामना गर्ने चन्ने विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।
आजै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
अहिले माधवकुमार नेपालसहित २२ जना सांसद कारबाहीलाई कसरी प्रतिवाद गर्ने भन्ने विषयमा डल्लुमा छलफल गरिरहेका छन् ।
साथै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा कसरी सहभागिता जनाउने भन्ने बारेमा छलफल गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च हुँदै संसद्मा समेत आफूलाई सहयोग गरेको भन्दै सरकारमा सहभागी हुन अनुरोध गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij