Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

उपप्रधान सहित स्वास्थ्यमन्त्रीमा शशांक पक्का, कांग्रेसबाट अरू को-को बन्दैछन् मन्त्री ?

उपप्रधान सहित स्वास्थ्यमन्त्रीमा शशांक पक्का, कांग्रेसबाट अरू को-को बन्दैछन् मन्त्री ?


  • 56.4K
    Shares

    उपप्रधान सहित स्वास्थ्यमन्त्रीमा शशांक पक्का, कांग्रेसबाट अरू को-को बन्दैछन् मन्त्री ?

    सत्ताको चाबी पाएको कांग्रेसमा को उपप्रधानमन्त्री बन्ने भन्ने लडाई शुरु भएको छ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उपप्रधानमन्त्रीका लागि तीन नेताले दाबी गरेका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा आज  भएको पौडेल पक्षका नेताहरूको भेलामा शशांक, प्रकाशमान सिंह र सुजाता कोइरालाले उपप्रधानमन्त्रीमा आकांक्षा देखाएका हुन्। तर देउवा चाही शशांकलाई उपप्रधानमन्त्री बनाउने पक्षमा छन्। 


    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुअघि कांग्रेसमा मन्त्री छान्ने प्रयास भइरहेको छ। विषम परिस्थितिमा सरकारको नेतृत्व गर्नु परेकाले 'सक्षम'लाई मात्र सिफारिस गर्न देउवाले आग्रह गरेका छन्। 

    कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ। तर, गठबन्धनको सरकारमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना रहेको देउवा निकट नेताहरू बताउँछन्। त्यसमा पनि माधवकुमार नेपाल समूह सरकारमा आउने अवस्थामा कांग्रेसले ६ वटा मन्त्रालय मात्रै पाउनेछ।  

    देउवाले पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन्। दुवै देउवा निकट नेता हुन्। अब कांग्रेसले बढीमा ६ वटा मन्त्रालय पाउनेछ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ।

    पौडेललाई चार मन्त्रालय दिन देउवा सहमत नरहेको देउवा निकट नेताको दावी छ। देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। ‘हाम्रो समूहबाट भुसालजी मन्त्री बन्ने लगभग निश्चित बनेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘डा. नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ।’ 


    महामन्त्री डा. शशांक कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको दावी गरेका छन्। कोइराला मन्त्री नबने उनको सिफारिसमा डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने स्रोत बताउँछ। रामचन्द्र पौडेलले भने दिलेन्द्र बडुलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन्। सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी भएको बताइएको छ। 

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १७:११:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij