Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले गरेको नियुक्ती देउवा सरकारले एकै निर्णयले पारिदियो सोत्तर,यी हुन् जागिर गुमाउने ओलीका मान्छे

ओलीले गरेको नियुक्ती देउवा सरकारले एकै निर्णयले पारिदियो सोत्तर,यी हुन् जागिर गुमाउने ओलीका मान्छे


  • 7.3K
    Shares

    ओलीले गरेको नियुक्ती देउवा सरकारले एकै निर्णयले पारिदियो सोत्तर,यी हुन् जागिर गुमाउने ओलीका मान्छे

    प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेपछि केपी ओली नेतृत्वको सरकारले गरेका सबै नियुक्ति खारेज गरिएका छन् । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमित प्रशासनिक कामबाहेक ८ जेठयता भएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

    बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग पनि खारेज गरेको छ । देवी ज्ञवाली नेतृत्वको यो आयोग खारेज भएसँगै केन्द्रमा १२ जना र ७७ जिल्लामा नियुक्त दुई सय ३१ पदाधिकारी हट्ने भएका छन् । हरेक जिल्लामा एक अध्यक्ष र दुई सदस्य नियुक्त गरिएका थिए । दुई वर्षअघि भूमिसम्बन्धी ऐन संशोधन गरेर यस्तो आयोग गठन गरिएको थियो ।

    भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा दिने उद्देश्यले यस्तो आयोग गठन भएको थियो । आयोगले शुक्रबार मात्र निवेदन माग्ने निर्णय गरेको थियो । सरकारले आयोग खारेज गरेसँगै जग्गा वितरण गर्ने प्रक्रिया पनि रोकिने भएको छ । पछि पदाधिकारी नियुक्ति गरेर प्रक्रिया अघि बढाउन सकिने एक मन्त्रीले बताए । विनामापदण्ड हरेक जिल्लामा कार्यकर्तालाई नियुक्ति दिइएकाले पनि आयोग विवादमा परेको थियो । 

    प्रधानमन्त्रीको सिफारिसमा ८ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि कामचलाउ भएको सरकारले मन्त्रिपरिषद् विस्तारदेखि विभिन्न निकायमा नियुक्ति गरेको थियो । त्यस्तै, दरबन्दी थप गरेर भएका निर्णय पनि कार्यान्वयन नगर्ने निर्णय भएको एक मन्त्रीले बताए । सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी थपेर डिआइजी सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गरेको थियो । उनले फुलीसमेत लगाइसकेका छन् । 

    ओली सरकारले २४ असारमा थापाको बढुवा गरी एआइजीको सरुवा गरेको थियो । सरुवा तत्काल कार्यान्वयन नगर्न सरकारले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि रोकिएको थियो । ‘सर्वोच्च अदालतले नै कामचलाउ सरकारले मन्त्रिपरिषद्समेत विस्तार गर्न नपाउने भनेर फैसला गरिसकेको अवस्था छ,’ एक मन्त्रीले भने, ‘यस्तो अवस्थामा यो सरकारले ८ जेठपछि गरेका नियुक्ति स्वतः अवैध हुने भए । त्यहीअनुसार खारेज गरिएको हो ।’ केही नियुक्तिको हकमा पुनः नियुक्ति हुन सक्ने ती मन्त्रीको भनाइ छ । 

    प्रतिनिधिसभा विघटनपछि भएका नियुक्ति

    १० जेठ : बालानन्द शर्मा– सिइओ, 
    कोभिड– १९ संकट व्यवस्थापन केन्द्र 
    १७ जेठ : डा. विनोद अर्याल– कार्यकारी 
    निर्देशक, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति
    २० जेठ : बालकृष्ण बस्नेत, अध्यक्ष,  प्रेस काउन्सिल 
     ३१ जेठ : भीमकुमार ओझा– सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष 
    – डा. अर्जुन कार्की– अध्यक्ष, नेपाल विश्वविद्यालय पूर्वाधार विकास समिति
    – डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, विरेश शाह, डा. दोभान राई, डा. संगीताकौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणा– सदस्य, नेपाल विश्वविद्यालय पूर्वाधार विकास समिति
    – खङगबहादुर राई– सदस्य, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति 
    – वाङछेदर लामा–  सदस्य, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति 
     ७ असार : कविप्रसाद पाठक– प्रशासक, राष्ट्रिय बिमा संस्थान
    – प्रा.डा. मनराज कोलाक्षपति– सदस्य, मदन 
    भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार 
    निर्माण विकास समिति 
    – डा. पदमकुमार शाही– सदस्य, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति
    – डा. अनिल पोखरेल– सदस्य, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति 
    – सिद्धराज राई– महाप्रबन्धक, राष्ट्रिय समाचार समिति
    – जीवनारायण काफ्ले– सदस्यसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् 
     १४ असार : महेन्द्रबहादुर गुरुङ– सदस्य, सार्वजनिक खरिद पुनरावलोकन समिति 
    – राजबहादुर गिरी– सदस्य, राष्ट्रिय योजना आयोग

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १६:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij