Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमालेको अध्यक्षबाटै ओलीलाई यसरी मिल्क्याइदैछ,क-कसले बनाए यस्तो योजना ?

एमालेको अध्यक्षबाटै ओलीलाई यसरी मिल्क्याइदैछ,क-कसले बनाए यस्तो योजना ?


  • 5.1K
    Shares

    एमालेको अध्यक्षबाटै ओलीलाई यसरी मिल्क्याइदैछ,क-कसले बनाए यस्तो योजना ?

    किन चाउरिस् मरिच आफ्नै रागले भन्ने नेपाली आहान यतिबेला चरितार्थ भएको छ। आफ्नै एकोहोरो अहम्ले गर्दा खाईपाई आएको प्रधानमन्त्री पद गुमाउनु परेपछि केपी ओलीमा छटपटी शुरु भएको स्वयम् उनकै भनाईहरु बाट प्रष्ट हुन थालेको छ। ओली प्रधानमन्त्री बाट त जसोतसो हटे अब उनलाई पार्टी अध्यक्ष बाटै हुत्याउन चालबाजी शुरु भइसकेको छ। 

     उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो । ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ । सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त संख्या पुर्याएर ओलीलाई हटाउने रणनीति उनीविरोधी समूहले गृहकार्य बढाएको हो ।

    नवौं महाधिवेशनको २०३ सदस्यीय केन्द्रीय कमिटीमा माधवकुमार नेपाल पक्षमा ८८ जना रहेको बुझिएको छ । बामदेव गौतम पनि नेपालसँगको सहकार्यमा रहेकाले लगभग १०० केन्द्रीय कमिटीको संख्या पुग्ने आँकलन गरिएको छ । बाँकी केही केन्द्रीय सदस्य ओली पक्षबाट तान्ने गरी तयारी बढाइएको छ ।

    पछिल्लो समय ओली पक्षकै केही नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरु नेकपा एकताका लागि ओलीको विकल्पमा जानुपर्ने सम्मको तयारीमा पुगेको बुझिएको छ ।

    नेकपा एमाले मिल्ने सम्भावना लगभग अन्त भएपनि ओलीलाई अध्यक्षबाट राजीनामा गर्न लगाउने या हटाएर भएपनि बढ्ने रणनीतिका साथ दोस्रो पुस्ताका हस्ती नेताहरु आन्तरिक गृहकार्यमा छन् । ओलीले राजीनामा दिने सम्भावना लगभग छैन । त्यसैले उनलाई हटाउने रणनीतिमा ओलीनिकट मानिएका केही नेताहरु नै लाग्न सक्ने बुझिएको छ ।

    जसरी प्रधानमन्त्री देउवालाई ओलीकै सांसदले बिश्वासको मत दिए सोही ढंगले ओली केन्द्रिय कमिटीमा अल्पमतमा पर्दैछन्,त्यहि मात्र होइन स्थायी समितीमा पनि ओलीलाई अल्पमतमा पार्ने योजना निर्माण भईसकेको छ। 

    एमाले अध्यक्षबाट ओलीलाई राजीनामा गर्न लगाउने या हटाउने गरी विरोधी नेताहरु सक्रिय भएका छन् । पार्टी फुट्नु भन्दा जोगाउन ओलीलाई आफ्नैले घेराबन्दी गर्ने र ओली हटाएर पार्टी जोगाउने भन्दै घनश्याम भुसाल,गोकर्ण बिष्ट र योगेश भट्टराईले योजना बनाएका छन्। ओलीलाई हटाउन शक्ति केन्द्रको समेत साथ रहने एक नेताले बताए। 

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १५:३५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij