Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले यसरी झुकाए राष्ट्रपति, किन गरिन राष्ट्रपतिले त्यसरी अति ?

प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले यसरी झुकाए राष्ट्रपति, किन गरिन राष्ट्रपतिले त्यसरी अति ?


  • 5.6K
    Shares

    प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले यसरी झुकाए राष्ट्रपति, किन गरिन राष्ट्रपतिले त्यसरी अति ?

    राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेका छन्। 

    संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने उनले बताएका छन्। देउवाले शपथ लिन नमानेपछि शपथग्रहण कार्यक्रम केही ढिला हुने भएको छ। 

    राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवादित बनेको छ। यद्यपि ६ बजे हुने भनिएको शपथका लागि देउवा शीतलनिवास गएका छन्।

    राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउनका लागि मुख्यमसचिव शंकरदास बैरागीमार्फत् दबाब सिर्जना गरेका थिए। राष्ट्रपति कार्यालयले धारा उल्लेख गरेर देउवालाई अर्को नियुक्ति दिने तयारी गरेको बताइएको छ। 

    यसअघि संवैधानिक कानुनविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा गरेको नियुक्ति गैरसंवैधानिक भएको बताएका थिए। 

    'सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,' उनले भनेका थिए, 'त्यसैले यो नियुक्ति गैरसंवैधानिक छ। गैरसंवैधानिक नियुक्तिका आधारमा देउवाले शपथ लिनुहुँदैन।' 

    संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन नसक्ने उनले बताए। 'प्रधानमन्त्री नियुक्त गर्ने संविधानिक आधार धारा ७६ को उपधारा (१), (२) र (५) हो। त्यो उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन सक्दैन,' उनले भनेका थिए। 

    संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नु गम्भीर त्रुटि भएको उनको भनाइ थियो। 'यो गम्भीर त्रुटि हो। यो गलत छ। यसलाई सच्याएर मात्र अघि बढ्नुपर्छ,' उनले भने।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १९:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij