Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नेपाल एसबीआई बैंकको नाफा ९० करोड, ईपीएस र वित्तीय प्रगतिमा पनि सुधार

नेपाल एसबीआई बैंकको नाफा ९० करोड, ईपीएस र वित्तीय प्रगतिमा पनि सुधार


  • 421
    Shares

    नेपाल एसबीआई बैंकको नाफा ९० करोड, ईपीएस र वित्तीय प्रगतिमा पनि सुधार

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतको वृद्धि हो।  

    बैंकको खुद ब्याज आम्दानी ११.६७ प्रतिशतले बढेको छ। गत वर्षको पुस मसान्तसम्म २ अर्ब २९ करोड ३३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष २ अर्ब ५६ करोड १० लाख रुपैयाँ पुगेको छ। बैंकको खुद आम्दानी गत वर्षको ५६ करोड ३५ लाख ३७ हजारको तुलनामा बढेर ७१ करोड ५३ लाख ७९ हजार रुपैयाँ कायम भएको छ।

    बैंकको खुद कमिसन आम्दानी ३१ करोड ५७ लाख ३९ हजार रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ। 

    बैंकले २ खर्ब १६ अर्ब १० करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ९९ करोड १९ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिशेयर आम्दानी पनि गत वर्षको १६.५२ रुपैयाँबाट वृद्धि भई १८.९३ रुपैयाँ कायम भएको छ।  प्रतिशेयर नेटवर्थ १९३.१० रुपैयाँ रहेको छ।

    १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा भने गत वर्षको ३.५५ प्रतिशतबाट घटेर २.६४ प्रतिशतमा झरेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड १३ लाख रुपैयाँ रहेको छ।

     

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १६:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij