Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

शीतल निवासमा सपथको चटारो,राष्ट्रपति कार्यालय पुग्न क-कसलाई भयो हतारो ?

शीतल निवासमा सपथको चटारो,राष्ट्रपति कार्यालय पुग्न क-कसलाई भयो हतारो ?


  • 3.6K
    Shares

    शीतल निवासमा सपथको चटारो,राष्ट्रपति कार्यालय पुग्न क-कसलाई भयो हतारो ?

    राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पद तथा गोपनियताको शपथ गराउने तयारी सुरु भएको छ । शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी हुन् विभिन्न राजनीतिक दलका नेताहरू पुगेका छन् ।  


    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीमा शपथ लिएपछि चार मन्त्रीलाई आजै शपथ खुवाउने भएका छन् । उनले नेपाली कांग्रेसका दुई र माओवादीका दुई गरी चार मन्त्रीलाई शपग खुवाउने भएका हुन् ।

    स्रोतका अनुसार माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्नेछन् । कांग्रेसबाट बालकृष्ण खाँडर ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने निश्चित भएको बुढानीलकण्ठ स्रोतले जानकारी दियो । 

    स्रोतले खाँड लाई गृह, शर्मालार्ई अर्थ, भुसाललाई ऊर्जा बनाउने तय भएको बतायो । कार्की कानुन मन्त्री बन्ने भएका हुन् ।  

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १८:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij