Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

को-को हुन् नेपालमा पाँचौपटक प्रधानमन्त्री हुने व्यक्ति ? देउवालाई कसरी जुर्यो यस्तो संयोग

को-को हुन् नेपालमा पाँचौपटक प्रधानमन्त्री हुने व्यक्ति ? देउवालाई कसरी जुर्यो यस्तो संयोग


  • 5.1K
    Shares

    को-को हुन् नेपालमा पाँचौपटक प्रधानमन्त्री हुने व्यक्ति ? देउवालाई कसरी जुर्यो यस्तो संयोग

    नेपालमा गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाले मात्रै पाँचौपटक नेपालको प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । उनै कोइराला र थापाको कीर्तिमानसँग बराबरी गर्दै शेरबहादुर देउवा पनि पाँचौपटक प्रधानमन्त्री बन्न सफल भएका हुन् । 

    गत निर्वाचनमा नमिठो पराजय बेहोरेर प्रत्यक्षमा जम्मा २३ सिट जितेको कांग्रेसलाई नेकपा हुँदै एमालेको झगडाले अन्ततः प्रधानमन्त्रीको कुर्सी नै दिलाएको हो । 

    यस अघि २०५२, २०५८, २०६१ पछि २०७४ सालमा देउवा चारपटक प्रधानमन्त्री बनेका थिए । नेकपाको दुई तिहाईको सत्ता आफ्नै घरझगडाले ढलेपछि देउवाले पाँचौपटक प्रधानमन्त्री हुने अवसर पाएका हुन् । 


    प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै बहुमत पुर्याएका देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चदले परमादेश दिएकाे हाे । यसपछि देउवा प्रधानमन्त्री बनेका हुन् । अदालतकाे परमादेशपछि पाँचौपटक गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापासँगै देउवाले बराबरीसमेत गरेका छन् । 

    गिरिजा पहिलोपटक वि.सं.२०४८ देखि २०५१, दोस्रोपटक वि.सं. २०५४ देखि २०५५, तेस्रोपटक वि.सं. २०५५ देखि २०५६, चौथोपटक वि.सं. २०५६ देखि २०५८ र दोस्रो जनआन्दोलनपछि वि.सं. २०६३ देखि २०६५ सालसम्म पाँचौपटक प्रधानमन्त्री भएका थिए । 

    सूर्यबहादुर थापा पनि पाँचपटक प्रधानमन्त्री

    स्वर्गीय राप्रपाका नेता सूर्यबहादुर थापा पनि पञ्चातय र बहुदलमा गरी पाँचपटक प्रधानमन्त्री भएका छन् । 

    पहिलोपटक थापा वि.सं. २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्का अध्यक्ष बनेका थिए । त्यसपछि वि.सं. २०२३ देखि २०२५ सम्म, वि.सं. २०३६ देखि २०४० सम्म पञ्चातकालमा प्रधानमन्त्री बने । बहुदलपछि वि.सं. २०५४ सालमा र २०६० देखि २०६१ सालसम्म थापा प्रधानमन्त्री बनेका थिए । 

    राप्रपा नेता लोकेन्द्रबहादुर चन्द पनि पञ्चायतकाल र बहुमतमा गरी चारपटक नेपालको प्रधानमन्त्र बनेका थिए । पञ्चायतकालमा वि.स.२०४० देखि २०४२ र वि.सं. २०४६ – २०४७ सम्म प्रधानमन्त्री बनेका थिए । बहुदल आएपछि वि.सं. २०५३ देखि २०५४ र वि.सं. २०५९ देखि २०६० सालसम्म चन्द प्रधानमन्त्री बनेका थिए । 

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १७:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij