२०८२ माघ १५ गते बिहिवार
नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निवासबाट बालकोट जाँदा पाँच हजार सवारीले स्कर्टिङ गरेर लैजाने भएको छ । मंगलबार युथ फोर्स व्यूँतिएको घोषणासँगै युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले ओलीलाई प्रधानमन्त्री निवासबाट बालकोट जाँदा पाँच हजार सवारीले स्कर्टिङ गरेर लैजाने जानकारी दिए। बस्नेतका अनुसार ओलीलाई भोली ११ बजे बालुवाटार बाट अन्माएर बालकोट भित्र्याईने कार्यक्रम तय भएको हो।
उनले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याउने कार्यक्रम रहेको बताएका हुन् । बस्नेतले कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए । बस्नेतले नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको बता। युवा संघका नेता क्षितिज थेवेको अध्यक्षतामा युथ फोर्स ब्युतिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij