२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि आफू पदबाट हट्नुपरेको बताएका छन्।
सिहदरबारबाट सम्बोधन गर्दै उनले भने, ‘जनादेश त मेरै पक्षमा थियो, तर सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो, त्यसैले सरकार छाड्दैछु।’
सर्वोच्चले सांसदलाई ह्विप नलाग्ने भनेर दलीय प्रणालीलाई नै चुनौती दिने काम गरेको उनले बताए। ‘एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्ने भन्ने व्याख्या गम्भीर छ। अदालतको व्याख्यापछि राजनीतिक विकृति चुकाउनुपर्ने अवस्था आएको छ। अत्यधिक न्यायिक सक्रियतामार्फत प्रत्येक विषयमा हात हालेर मागै नभएका विषयमा पनि अगाडि बढेर न त गन्तव्यमा पुग्न सकिन्छ नत्र ठूलो भारी बोक्न नै सकिन्छ। वादी पक्षले माग दाबी नगरेकै विषयमा फैसला दिँदा जटिलता निम्त्याउँछ,’ उनले भने।
अदालतको फैसलाका कारण सरकारबाट बाहिरिनुपर्यो भनेर यी प्रश्न नउठाएको उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij