Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीको सम्बोधन अगावै देउवा प्रधानमन्त्री नियुक्त हुँदै, को-को हुँदैछन् मन्त्री ?

ओलीको सम्बोधन अगावै देउवा प्रधानमन्त्री नियुक्त हुँदै, को-को हुँदैछन् मन्त्री ?


  • 4.4K
    Shares

    ओलीको सम्बोधन अगावै देउवा प्रधानमन्त्री नियुक्त हुँदै, को-को हुँदैछन् मन्त्री ?

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई केहीबेरमै नियुक्ति गर्ने तयारी गरेकी छन् । राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालका अनुसार केही बेरमा नै राष्ट्रपतिले देउवालाई नियुक्ति गर्ने तयारी छ । ओलीले सम्बोधन गर्नु अगावै देउवा प्रधानमन्त्री नियुक्त हुदैछन्। 

    त्यसपछि छलफलपछि मात्रै शपथ ग्रहणको समय तय हुने उनले जानकारी गराए ।  नेपाली कांग्रेसबाट बालकृष्ण खाँडलाई मन्त्री बनाउने तयारी गरिएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि खाँडलाई मन्त्री बनाउने तयारी गरिएको हो । अन्य मन्त्रीको टुङ्गो भने गठबन्धनसँगको छलफलपछि लाग्ने ती सदस्यको भनाइ छ । गगन थापा स्वास्थ मन्त्री बन्ने चर्चा छ भने मिनेन्द्र रिजाललाई संचार मन्त्रालयको जिम्मा लगाउने कसरत हुँदैछ। 

    यस्तै माओवादीका नेताहरु जनार्दन शर्मा र पम्फा भुषाललाई पनि आजै मन्त्रीमा नियुक्त गर्दैछन् । माओवादी केन्द्रले यी दुई नेताको नाम सिफारिस गरेको बताइएको छ । तर, मन्त्रालय टुंगीएपछि नारायणकाजी श्रेष्ठले उप–प्रधानमन्त्री सहित सरकारको नेतृत्व दावी गरिरहेका छन् । 

    जनार्दन शर्माले पनि गृहमा दावी गरेका छन् । पम्फा भुषाललाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको दावी छ । यद्यपि अहिले नै माओवादीले नाम सार्वजनिक नगर्ने बताएको छ । मन्त्री को बन्ने भन्ने कुरा टुंगो लागे पनि माओवादी केन्द्रले शेरबहादुर देउवासँगको छलफलपछि मात्रै नाम सार्वजनिक गर्ने बताएको छ । 

    उपेन्द्र यादव समूहले क–कसलाई सरहकारमा पठाउने भन्ने विषयमा छलफल गरिरहेको छ । जसपा स्रोतका अनुसार यादव आफैं नै उपप्रधान तथा पराराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुने तयारीमा छन् ।

    केपी शर्मा ओलीविरुद्ध अदालतमा बहुमत जुटाउन मुख्य भूमिका खेलेको एमालेको माधव कुमार नेपाल पक्षले भने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ । 

    नेपालले सोमबार अदालतको फैसलापछि आफू अब विपक्षी गठबन्धमा नरहने स्पष्ट पारेका छन् ।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १२:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij