Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

खुद ब्याज आम्दानी बढे पनि घट्यो लक्ष्मी सनराइज बैंकको नाफा

खुद ब्याज आम्दानी बढे पनि घट्यो लक्ष्मी सनराइज बैंकको नाफा


  • 1.1K
    Shares

    खुद ब्याज आम्दानी बढे पनि घट्यो लक्ष्मी सनराइज बैंकको नाफा

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण  अनुसार बैंकको नाफा ऋणात्मक बनेको छ।

    पुस मसान्तसम्ममा बैंक २७ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

    बैंकको खुद आम्दानी १८.१५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ भने बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

    बैंकको खराब कर्जा गत वर्षको पुसमा ५.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा घटेर ५.५० प्रतिशतमा झरेको छ।  वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा ऋणात्मक देखिएको छ।

    बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड ९ लाख ४८ हजार रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०४ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा छ भने २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ  

    images
    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १४:०७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij