Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढ्याे, कस्ता देखिए अन्य वित्तीय सूचक ?

गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढ्याे, कस्ता देखिए अन्य वित्तीय सूचक ?


  • 904
    Shares

    • images
    गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढ्याे, कस्ता देखिए अन्य वित्तीय सूचक ?

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार बैंकको नाफा १५.६३ प्रतिशत बढेको छ।

    पुस मसान्तसम्म बैंकले ६३ करोड ५१ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५४ करोड ९२ लाख ६६ हजार ३०८ रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको सञ्चालन मुनाफामा १५.५० प्रतिशतको उच्च वृद्धि देखिएको छ। अघिल्लो वर्ष ७८ करोड ५० लाख ८१ हजार ७ रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष बढेर ९० करोड ६७ लाख ९८ हजार ४३७ रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी पनि १.९४ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ४ लाख रुपैयाँ पुगेको छ। 

    बैंकको खुद आम्दानी १६.५६ प्रतिशतले बढेर २७ करोड ७४ लाख ७८ हजार ७४६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २३ करोड ८० लाख ५७ हजार ४२८ रुपैयाँ रहेको थियो। 

    कुल सञ्चालन आम्दानीतर्फ बैंकले समीक्षा अवधिमा २ अर्ब २३ करोड १३ लाख १४ हजार १५१ रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ५.८० प्रतिशत बढी हो। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ९१ अर्ब २७ करोड २३ लाख ६८ हजार ४६० रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९४ करोड ५५ लाख १३ हजार ९४४ रुपैयाँ कर्जा परिचालन गरेको छ।

    ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब २७ करोड ९९ लाख ५३ हजार ८५८ रुपैयाँ सञ्चित छ। नाफामा भएको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँबाट सुधार भई २१.१० रुपैयाँ कायम भएको छ भने बैंकको खराब कर्जा सामान्य बढेर ४.७२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुगेको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १४:१७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij