२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने जानकारी दिए। अहिले सम्म आफुले गरेका कामको बेलिबिस्तार लगाएर ओलीले बालुवाटार छोड्ने बुझिएको छ। ओलीले दुई घण्टा भन्दा बढी समय बोल्ने पनि बालुवाटार श्रोतले बताएको छ।
उक्त सम्बोधनपछि ओलीले राजिनामा दिएर प्रधानमन्त्री निवास बालुवाटार छाड्नेछन्। उनी भक्तपुर बलकोटमा रहेको निजी निवासमा सर्ने छन्। बालुवाटार बाट महेश बस्नेतको टोलीले अन्माएर ओलीलाई बालकोट भित्र्याउने बस्नेत निकटकाले बताएका छन्।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन: स्थापना गर्दै शेरबहादुर देउवालाई आज साँझ ५ बजेभित्र प्रधामन्त्री बनाउन राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार देउवाको आज शपथको तयारी गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij