२०८२ माघ १५ गते बिहिवार
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि गठबन्धनको बैठक बोलाइएको छ । बैठक साँझ पाँच बजे एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्ने नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । तर अहिले सम्म बैठक सुरु भएको छैन। नेताहरु पुग्ने क्रम जारी छ।
‘पहिला कांग्रेस संसदीय दल सिंहदरबारमा बस्ने तय भएको थियो,’ खाँडले भने, ‘माधवकुमार नेपाल जनै खटिराले थलिएकाले फेरि उहाँको निवासमा बस्ने तय भएको छ ।’
नेता नेपाललाई जनै खटिरा भएको पारिवारिक स्रोतले जनाएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेताहरूलाई बोलाइएको छ । बैठकमा सत्ता समीकरण र मन्त्रालयको टुंगो र वितरण हुने श्रोतको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij