२०८२ माघ १४ गते बुधवार
काठमाडौं : पछिल्लो २४ घन्टामा २३ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८४ नमूना परीक्षणमा २३ सय ७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ सय ३३ जना कोरोनामुक्त भएका छन्। यो निको हुने दर ९४.५ प्रतशित हो। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij