२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचना गर्दै आएकी रामकुमारी झाँक्रीले खुसी प्रकट गर्दै ओलीको उछितो काढेकी छिन।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछिउनले फैसला गर्ने न्यायाधीश, विघटनविरुद्ध बहस गर्ने अधिवक्ता, खबरदारी गर्ने नागरिक समाज, सञ्चारमाध्यमलाई धन्यावाद दिँदै सांसदहरूलाई बधाई दिएकी छन्।
साथै दोस्रोपटक भएको विघटन बदरले राजनीतिक नेतृत्व चयनको निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ भन्ने शिक्षा दिएको पनि उनले उल्लेख गरेकी छन्।
यस्तो छ, उनको व्यक्तको पूरा पाठ :
जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहीत रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिलाः लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक व्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन, परीक्षण गर्न जानुपर्ने अवस्था आउने रहेछ।
त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ। न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ। संवैधानिक इजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ बहस र पैरवी गर्ने विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरिक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई!
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij