Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवा सरकारमा भागबण्डा गर्न विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा,माधव नेपाल पनि जाने

देउवा सरकारमा भागबण्डा गर्न विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा,माधव नेपाल पनि जाने


  • 7.8K
    Shares

    देउवा सरकारमा भागबण्डा गर्न विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा,माधव नेपाल पनि जाने

    सर्वोच्च अदालतले मंगलबार ७ बजेभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे संगै  विपक्षी गठबन्धनका पाँच दलको बैठक सिंहदरबारमा बस्दैछ ।

    साँझ ५ बजे बस्ने बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाले बताए । सर्वोच्चले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

    नयाँ सरकार गठनबारे छलफल गर्न बैठक राखिएको हो । विपक्षी गठबन्धनको बैठकमा एमाले बरिष्ठ नेता माधव नेपालसमेत सहभागी हुने छन् । 

    उता,एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्।
    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा नजाने भएका हुन्।

    वरिष्ठ नेता नेपालले आफूहरू बैठकमा नजाने बताएका हुन्।

    आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो।

     स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरू स्थायी कमिटी बैठकमा जाने बताएका थिए।आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका थिए।

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १५:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij