Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाका ज्योतिषको चिरफार,कुम्भ राशीका देउवाको ग्रह कसरी बलियो भयो ? मकर राशीका ओली कसरी मक्किए ?

देउवाका ज्योतिषको चिरफार,कुम्भ राशीका देउवाको ग्रह कसरी बलियो भयो ? मकर राशीका ओली कसरी मक्किए ?


  • 6.7K
    Shares

    देउवाका ज्योतिषको चिरफार,कुम्भ राशीका देउवाको ग्रह कसरी बलियो भयो ? मकर राशीका ओली कसरी मक्किए ?

    २०७४ कात्तिक  २९ गते गोरखा पुगेर केपी शर्मा ओलीले ठोकुवा गरेका थिए - देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन्।

    देउवाले त्यसको भोलिपल्ट धनागढ़ी पुगेर भनेका थिए 'म कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर ओलीले भने तर मलाई  ज्योतिषीले  ७ पटक बन्नुहुन्छ भन्या छ,' यति भन्दै गर्दा देउवा तनक्क तन्किँदा बिछट्टै हँसिला देखिएका थिए ।

    देउवाको उक्त दाबीले तात्तातो चर्चा पायो। कतिले निर्वाचनपछि उनी नै प्रधानमन्त्री बन्ने लख काटे पनि। तर, राजनीतिक कोर्स उनले भनेजति सजिलो किन थियो र? नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गजबको तालमेल भयो र उनीहरु निर्वाचनमा गए। र, निर्वाचन परिणाममा कायापलट भयो। नराम्ररी हार्‍यो काँग्रेस, देउवा भने बालबाल बचे।

    पाँचौ पटक प्रधानमन्त्री बन्ने देउवाको आकंक्षा धुमिल बन्यो। चुनावी हारको जिम्मेवारी एक्लै नलिने बताएपछि उनीमाथि काँग्रेसी नेताहरु नै खनिन थाले। उनी प्रधानमन्त्री नबन्ने निश्चित भएपछि बजारमा चर्चा चल्यो - देउवाको के दोष? यो त ज्योतिषको पो दोष। कस्ता ज्योतिष रहेछन् सात पटक प्रधानमन्त्री बन्छन् भन्दिने? यस्तै प्रश्नका बिच खोजी भयो भविष्यवाणी गर्ने ज्योतिषको।

    ज्योतिषको नाम देउवाले पनि खुलाएका थिएनन्। चौतर्फी खोजी भएपछि अन्तत : ज्योतिषको नाम सार्वजनिक भयो। उनी रहेछन् दक्षिण एसियाली महासंघ नेपालका महासचिवसमेत रहेका ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल।

    'त्यस समय मलाई निकै तनाव भएको थियो। मैले त्यतिबेला सात पटक प्रधानमन्त्री बन्नुहुन्छ। त्यस्तै योग देखिएको छ भनेको थिएँ। तर, त्यहीबेला प्रधानमन्त्री हुन्छ भनेर दाबी गरेको थिइनँ,' ज्योतिष रिजालले  भने, 'तर, ज्योतिष साथीहरुले पनि मलाई फोनै गरेर यस्तो भविष्यवाणी गरेकोमा दुखेसो पोखे।'

    ज्योतिष रिजाल भन्छन, 'ग्रहदशा बलियो छ देउवाको। हामीले ग्रह, राशी र नक्षत्रबाट क्यालकुलेसन गर्ने हो। 

    बृहस्पती गुरु र शनि चेला भएको विश्लेषण गर्दै ज्योतिष रिजालले गुरु मुनि परेको र चेला माथि परेको बेला चुनावी कार्यक्रम हुनै नसक्ने ठोकुवा गरे। शनि र वृहस्पती त ग्रह नक्षत्रको कुरा भए। राशीमा पनि देउवा बलियो भएको उनको तर्क थियो।

    उनका अनुसार देउवाको कुम्भ राशीका हुन्। यो राशि ज्यादै बलवान भएर आएको उनले सुनाए। ओली मकर राशीका हुन्। जुन राशी अहिले कमजोर हुँदै आएको उनको दावी छ।

    यतिमात्र होइन, देउवालाई आरजु राणाको राशीको समेत साथ रहेको दाबी ज्योतिष रिजालले पेश गरे। 'देउवालाई मिसेसको ग्रहले पनि केही सपोर्ट गर्छ। आरजु मेष राशीकी हुन्।'

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १४:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij