Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अदालतको आदेशले ओलीमा बढ्यो छटपटी,महेश बस्नेत मार्फत यसरी ओकले पीडा

अदालतको आदेशले ओलीमा बढ्यो छटपटी,महेश बस्नेत मार्फत यसरी ओकले पीडा


  • 5.4K
    Shares

    अदालतको आदेशले ओलीमा बढ्यो छटपटी,महेश बस्नेत मार्फत यसरी ओकले पीडा

    नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा निर्दलीय व्यवस्थाको बिजारोपण गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्वन्द्वमा फसेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत उक्त आदेश  जारी गरेका हुन्। उनले लेखेका छन्, 'तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च  अदालतको असंवैधानिक फैसलाविरुद्ध विरोध जनाऊँ।' उनले अदालत बिरुद्व आगो बाल्ने चेतावनी समेत दिएका छन्। ओलीको अति विश्वासिला नेता बाट यस्तो धम्की आउनुलाई ओलीको पिडा ओकलिएको भन्दै धेरैले टिप्पणी गरेका छन्। 

    उनले लेखेका छन्, 'आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्था को पुन वीजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असंभव छ।'

    उनले लेखेका छन्, 'युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।'

    mahesh basnet.jpg

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १४:०७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij