२०८२ माघ १५ गते बिहिवार
संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।
यस्तै अदालतले संसदीय दलको ह्वीप नलाग्ने आदेशसमेत जारी गरेको छ। सर्वोच्च अदालतले रिट निवेदनमा हस्ताक्षर गरेका सांसदलाई पार्टीले ह्वीप लगाउन नमिल्ने आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले गरेको फैसलामा यस्तो उल्लेख गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि गरिएको हस्ताक्षरमा कुनै ह्वीप नलाग्ने फैसला सुनाएको छ ।
सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ।
प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। देउवा नेपालको ४२ औ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। उनी पाँचौ पटक प्रधानमन्त्री बन्न लागेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij