Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली किन मरिहत्ते गरेर माधव भेट्न चाहिरहेका छन् ? नेपालले किन ओलीलाई भाउ दिदैनन् ?

ओली किन मरिहत्ते गरेर माधव भेट्न चाहिरहेका छन् ? नेपालले किन ओलीलाई भाउ दिदैनन् ?


  • 7.3K
    Shares

    ओली किन मरिहत्ते गरेर माधव भेट्न चाहिरहेका छन् ? नेपालले किन ओलीलाई भाउ दिदैनन् ?

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि हुने सहमतिको व्याख्या स्वीकार्य नरहेको बताएका छन् ।

    उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पारेका छन् ।

    नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न गरि आउने कुनै पनि टिप्पणी वा सहमतिको व्याख्या स्वीकार्य नहुने भन्दै त्यसको निन्दा गरेका छन् । एमालेको एकता कार्यदलले आइतबार अबेर राति १० बुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।


    यहि मेसोमा नेकपा (एमाले)का नेता सुवास नेम्वाङले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

     हिजो राति कार्यदलको १० बुँदे सहमतिपश्चात् बालुवाटार पुगेर आफूहरुले नेपालसँग भेट गर्नका लागि आग्रह गरेको बताए ।

    कार्यदलको सहमतिपश्चात् कार्यदलका एकजना संयोजकसमेत रहेका नेम्वाङसँगै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

    “माधव नेपाललाई हेलो गर्नुस् । फोन गर्नुस्, भेटौँ भन्नुस् भनेका छौँ । उहाँले ठिक हो, भोलि भेट  गर्छु भन्नुभएको थियो । त्यसपछि के गर्नुभयो, सम्भवतः आज भेट हुनसक्छ” नेम्वाङले भने । ओलीले माधव नेपाल भेट्न तारन्तार प्रयास गरिरहेका छन् तर नेपालले भेट्न मानिरहेका छैनन्। 

    आज साँझ ५ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक त्यसअघि नै पनि बस्न सक्ने उनले बताए । बैठकबाट एमाले कार्यदलको १० बुँदे प्रस्ताव पारित गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १२:१९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij