२०८२ माघ १५ गते बिहिवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी बिहिन बनाउने योजना निर्वाचन आयोगले तुहाइदिएको छ। निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको हो ।
आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो । श्रोतका अनुसार ठुलै डिजाईन अनुसार माओवादी केन्द्रको बैधानिकता खोज्दै पार्टी खारेज गराउने गरि उक्त कदम चालिएको थियो।
आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिए ।
अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए ।
आयोगले पूर्वमाओवादी नेताहरूको दावीलाई अस्वीकार गरेको हो । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।
यता नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार आजै दिउसो ४ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । तर नेकपा एमालेको कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij