Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले  दियो अनुमति

मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले  दियो अनुमति


  • 6.5K
    Shares

    मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले  दियो अनुमति

    काठमाडौं  । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

    कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको हो । कम्पनीले अनुमति पाएसँगै ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

    कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समूहको, स्थानीय बासीन्दाको १० प्रतिशत  शेयर संरचना रहेको छ  ।

     

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - ११:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij