Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले  दियो अनुमति

मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले  दियो अनुमति


  • 6.4K
    Shares

    मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले  दियो अनुमति
    images

    काठमाडौं  । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

    कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको हो । कम्पनीले अनुमति पाएसँगै ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

    कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समूहको, स्थानीय बासीन्दाको १० प्रतिशत  शेयर संरचना रहेको छ  ।

     

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - ११:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij