२०८२ माघ १५ गते बिहिवार
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ। बुधबार साँझ राजधानीको होटल मेरियटमा दुवै नेताहरूबीच भेटवार्ता सुरु भएको हो।
उनीहरूका साथमा साथमा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन्।
नेपाल निकट पार्टी एकता कार्यदलका सदस्यका अनुसार करिव एक घण्टाअघि नेपाल ओलीसँग वार्ता गर्न सहमत भएका हुन्।
वार्ता होटल मेरियटमा बुधबार साँझ सुरु भएको छ। उनले, ‘उहाँहरु (ओली र नेपाल) बीच वार्ता हुने टुंगो करिव एक घण्टा अघि नै लागेको हो।’
पछिल्लो पटक ओली र नेपालबीच दुई पटक टेलिफोन वार्ता भएको थियो। तर ती वार्ताहरु निष्कर्षविहीन भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij