Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनआईसी एशिया बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

एनआईसी एशिया बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी


  • 771
    Shares

    • images
    एनआईसी एशिया बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

    काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा १३.५४ प्रतिशतले घटेको छ।

    चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा १९ करोड ७७ रुपैयाँमा भएको छ। बैंकको सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेको हो। बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

    चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकले ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेको छ।

    बैंकले ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात बढेर १.५७ प्रतिशतमा पुगेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर १.७७ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १८८.५८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२८.३३ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १२:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij