२०८२ माघ १५ गते बिहिवार
इलामको लफडा मिलाउन भन्दै अर्थ मन्त्रालयमा आज बसेको कार्यदलले माधव नेपाल र केपी ओलीको भेट गराउने निर्णय गर्यो। सोही अनुरुप एमाले विवाद टुंगोमा पुर्याउन प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। भेटवार्ता हुने स्थान सार्वजनिक गरिएको छ। विवाद समाधान कार्यदलमा रहेका दुवै पक्षका नेताहरुको प्रयासबाट दुई शीर्ष नेताबीच भेटवार्ता हुन लागेको हो।
दुवै नेताबीच सम्भवतः आजै भेटवार्ता हुनेछ।
विवाद समाधानका लागि तीनदिनदेखि कार्यदलका सदस्यबीच छलफल भइरहेको छ। छलफल सकारात्मक उन्मुख रहेको दाबी नेताहरुले गरेका छन्। दुवै नेताको भेटवार्तापछि सहमतिलाई अन्तिम रुप दिने तयारी रहेको नेताहरुले जनाएका छन्। दुई नेताले कुनै होटलमा भेट्ने श्रोतको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij