Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमालेको दुवै खेमाका यी दश भाईले लगाउँदैछन् बल,अर्थ मन्त्रालयमा कसरी सहमति जुटाउँदैछ कार्यदल ?

एमालेको दुवै खेमाका यी दश भाईले लगाउँदैछन् बल,अर्थ मन्त्रालयमा कसरी सहमति जुटाउँदैछ कार्यदल ?


  • 7.0K
    Shares

    एमालेको दुवै खेमाका यी दश भाईले लगाउँदैछन् बल,अर्थ मन्त्रालयमा कसरी सहमति जुटाउँदैछ कार्यदल ?

     नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। एमाले कार्यदलको बैठक बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।

    पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।

    एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेकाे थियाे।

    अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएकाेछ। नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो।

    कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन्। अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो।

    कार्यदल बैठक अघि माधव नेपाललाई भेट्न भीम रावल कोटेश्वर पुगेका थिए। यस अघि सोमबार र मंगलबार पनि कार्यदल बैठक बसेको थियो।

    मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। 

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - १३:०५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij