Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गगन र प्रदीप सिटौलाको भेलामा नजानुको खुल्यो यस्तो भेद

गगन र प्रदीप सिटौलाको भेलामा नजानुको खुल्यो यस्तो भेद


  • 8.0K
    Shares

    गगन र प्रदीप सिटौलाको भेलामा नजानुको खुल्यो यस्तो भेद

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले महाधिवेशन केन्द्रित रणनीति बनाउन आफू निकट नेताहरुको भेला आयोजना गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सिटौला समूहले भेला आयोजना गरेको हो।

    तर, भेलामा सिटौला समूहका प्रभावशाली नेता गगन थापा र प्रदीप पौडेल भने गएनन्। भेलामा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेन दास प्रधानलगायत उपस्थित छन्। त्यस्तै उनी निकटका अन्य नेता, भ्रातृसंस्थाका पदाधिकारीहरू पनि छन्।

    थापा पोखरामा रहेका कारण भेलामा उपस्थित नभएको बताइएको छ। उनी कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनपछि परिवारसँग भेटघाट गर्न पोखरा गएका हुन्।

    यता पौडेल भने क्रियाशील सदस्यता छानबिनको काममा व्यस्त भएका कारण भेलामा उपस्थित नभएको बताइएको छ। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला यी दुवै युवा नेता सहभागी भएका थिए।

    सिटौला समूहको भेला तल्ला तहका अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

    ‘तल्ला तहका अधिवेशन सुरु हुँदैछन्। त्यहाँ कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ।’, ती नेताले भने। १३ औं महाधिवेशनमा सभापतिमा लडेका सिटौला आगामी महाधिवेशनमा आफ्नो दाबीका बारेमा भने मौन छन्।

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १७:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij