Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

आज पनि पुगेन एमालेमा भ्यागुताको धार्नी,प्रचण्डले माधव भेटे पछि ओली सशंकित

आज पनि पुगेन एमालेमा भ्यागुताको धार्नी,प्रचण्डले माधव भेटे पछि ओली सशंकित


  • 6.8K
    Shares

    आज पनि पुगेन एमालेमा भ्यागुताको धार्नी,प्रचण्डले माधव भेटे पछि ओली सशंकित

    वार की पार गर्ने भनेर बसेको नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक आज पनि निष्कर्षबिहिन भएको छ।

    अर्थ मन्त्रालयमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो। बैठकमा सहभागी बिद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा आज प्रगति भएको बताए।

    सहमति हुनेगरी भोलि फेरि बैठक बस्ने उनको भनाइ छ।

    यस्तै बैठकमा सहभागि बिद्रोही पक्षका नेता रघुजी पन्तले आज मुल मुद्दामा प्रवेश गरेको र छलफल जारी रहेको सुनाए। उनले अध्यक्ष केपी शर्मा ओली र बिद्रोही पक्षका माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे के भयो कुराकानी भन्ने प्रश्नमा नेता पन्तले त्यसबारे चर्चा नै नभएको बताए।

    ओलीले पार्टी एकताका लागि सोमबार कार्यदल ब्यूँताएका थिए। कार्यदल ब्यूँतिएलगत्तै साँझ सिंहदरबारमा बैठक बसेको थियो। बैठकमा यसअघि अनौपचारिक रुपमा भएका पार्टी एकताका प्रयासबारे ‘ब्रिफिङ’ गरिएको थियो। बोली कहाँ बैठक बस्ने भने टुंगो भएको छैन। उता माधव नेपाललाई आजै प्रचण्डले भेटे पछि ओली थप आक्रोशित भएका छन्। 

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १६:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij