Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले सन्त-महन्थलाई समेत बिगारे भन्दै संसदमै कुर्लिए सांसद,लगाए यस्ता आरोपै-आरोप

ओलीले सन्त-महन्थलाई समेत बिगारे भन्दै संसदमै कुर्लिए सांसद,लगाए यस्ता आरोपै-आरोप


  • 5.6K
    Shares

    ओलीले सन्त-महन्थलाई समेत बिगारे भन्दै संसदमै कुर्लिए सांसद,लगाए यस्ता आरोपै-आरोप

    प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीलाई गन्जागोल पार्न सहयोग पुर्याएको भन्दै बिरोध हुने क्रम चुलिएको छ।  राष्ट्रिय सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह  यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम  र जालझेल गर्न थालेको आरोप लगाएका हुन् ।

    उनले भने,'संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्री ओलीज्यु संगतमा परेर हाम्रो पार्टीको सन्त-महन्तहरू पनि छलछाम  जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।'

    जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताए । सांसद यादव अहिले उपेन्द्र यादव समूहमा छन् । उनले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गरे ।

    सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भन्नुभएको हिन्दी भाषाको उखान यस्तो छ,'अहंकार से नास होत हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस' । यादव पूर्व मन्त्री समेत हुन्। उनलाई राजेन्द्र महतोले पछिल्लो पटक साम्सद बनाएका थिए। 

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १३:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij