२०८२ माघ १५ गते बिहिवार
जनता समाजवादी पार्टी (जसपा)को विवाद मिलाउन निर्वाचन आयोगले बोलाएका दुवै पक्षका नेताहरूले आफूहरू मिल्न नसक्ने बताउदै कराहावी गर्न उल्टै आयोगलाई गुहारेका छन्। निर्वाचन आयोगले सहमतिका लागि मंगलबार बोलाएपछि आयोग पुगेका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका हुन्।
मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई दिएको जसपा नेता अनिल झाले बताए। नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन्।
आयोगमा उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी आयोग पुगेका थिए भने महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग पुगेका थिए।
जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।
५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका थिए।
यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij