Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमाले कार्यदलको बैठक आज बस्दै, पार्टी एकताका विषयमा छलफल हुने

एमाले कार्यदलको बैठक आज बस्दै, पार्टी एकताका विषयमा छलफल हुने


  • 7.9K
    Shares

    एमाले कार्यदलको बैठक आज बस्दै, पार्टी एकताका विषयमा छलफल हुने

    काठमाण्डौ । नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक सिंहदरबारमा दिउँसो एक बजे बस्ने तयारी छ ।

    एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन । कार्यदलमा रहेका दुवै समूहका नेताहरुले एमालेको पार्टी एकताका लागि छलफल गर्दै आएका छन् ।

    यसअघि हिजो कार्यदललाई ब्युँताउँदै औपचारिक बैठक बसेको थियो । बैठकमा छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

    एमाले उपाध्यक्ष एवं कार्यदलका सदस्य भीम रावलले पार्टी एकता कायम राख्न सबैले प्रयास गर्ने र बैठकलाई निरन्तरता दिने सहमति भएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।

    गएको जेठ २ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबाट पाँचरपाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो । दश सदस्यीय कार्यदलमा एमालेको ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - ११:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij