Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी ः आज धोवीखोला करिडोरका निर्माण सामाग्री उठाइयो

कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी ः आज धोवीखोला करिडोरका निर्माण सामाग्री उठाइयो


  • 4.7K
    Shares

    • images
    कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी ः आज धोवीखोला करिडोरका निर्माण सामाग्री उठाइयो

    काठमाडौँ । आज नगर प्रहरीले धोवी खोला सेतोपुलदेखि चावहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ । व्यस्त दिनमा सवारी चापले गर्न नसकिने काम बन्दाबन्दीका समयमा नगर प्रहरीहरुले गरिरहेका हुन् । बैशाख १६ गतेपछि मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन प्रहरीहरु व्यस्त छन् । यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर कुचोले बढार्न र उठाउन नसकिने सबै खालका फोहोर र सामाग्री उठाउने गरिएको छ । 
    ‘सडकमा टुटे फुटेका ह्युम पाइप, सडक र सडक पेटी बनाउँदा बाँकी रहेका रोडा, इटा, ढुङ्गा, सिमेन्ट, सवारी दुर्घटनापछि टुटे फुटेका सडक वा बारका टुक्रा, विजुलीका तारलगायत सामान पाइन्छन् ।’ नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ, ‘विकासको जिम्मेवारी पाएका निकायहरु सहरी सुन्दरतामा जिम्मेवार देखिएनन् । बैशाख १६ गतेदेखि अहिलेसम्ममा हामीले ३० ट्रक सामाग्री सडकबाट उठाइसकेका छौँ । यो क्रम जारी रहन्छ ।’
    विकास साझेदारले निर्माणपछिको व्यवस्थापनमा जिम्मेवार नहुँदा महानगरलाई दोष आउने गरेको छ । सापकोटा भन्नुहुन्छ ‘सडक, खानेपानी, ढल निकास, विद्युत र इन्टरनेटजन्य सार्वजनिक तथा निजी कम्पनी, घर र भवन बनाउने व्यक्तिहरु कोही पनि आफूले ल्याएको सामान हटाउनमा जिम्मेवार र्छनन् ।’
    गएको बर्षको बन्दाबन्दीमा पनि नगर प्रहरीले पार्कका विरुवाको छाँटकाँट, सडक सफाइ र निर्माण सामाग्री हटाउने काम गरेका थिए । यस बर्ष पनि प्रहरीहरु सहरी सुन्दरता अभिवृद्धि र सहरका अड्चन हटाउने काम गरिरहेको छ । 
    यस क्रममा सडक किनारामा भएका जोखिमपूर्ण रुखका हाँगा काट्ने र अनधिकृत निर्माण सामाग्री हटाउने काम गरिरहेका हुन् । 
     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १७:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij