२०८२ माघ १५ गते बिहिवार
सर्वोच्च अदालतले असार २८ गते संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउने भएको छ ।
दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए ।
उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस भएको हो।
संवैधानिक इजालासमा प्रधान्यायाधीशसँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij