२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ ।
बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।
यसअघि पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुलाई १५ हजार र महिला राष्ट्रिय टोलीका खेलाडीहरुलाई ७ हजार तलब दिइदैं आइएको थियो ।
यसअघि महिला र पुरुष खेलाडीहरुको तलब समान हुनुुपर्ने आवाज विश्वव्यापी रुपमा उठेसँगै एन्फाका केही पदाधिकारीहरुले पनि समान रुपमा तलब वितरण हुनुपर्ने माग गरेका थिए ।
एन्फा बैठकले मुख्य प्रशिक्षक योहान कालिनको राजिनामा स्विकृत गर्ने, पूर्व एन्फा उपाध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान मणि शाहको अर्धकदको शालिक एन्फा परिसरमा निर्माण गर्ने निर्णय समेत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij