Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रिय सभामा पेश भएका १६ अध्यादेशमध्ये १० वटामा अस्वीकार गर्ने प्रस्ताव दर्ता

राष्ट्रिय सभामा पेश भएका १६ अध्यादेशमध्ये १० वटामा अस्वीकार गर्ने प्रस्ताव दर्ता


  • 5.1K
    Shares

    राष्ट्रिय सभामा पेश भएका १६ अध्यादेशमध्ये १० वटामा अस्वीकार गर्ने प्रस्ताव दर्ता

    काठमाडौं । राष्ट्रिय सभामा पेश भएका १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरूमध्ये १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । 

    संसद् सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहाने सांसदहरूका लागि असार २० गते सम्मको समय दिएको थियो । राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोज कुमार गिरीले २० गते सम्ममा १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव पेश भएको र बाँकी रहेको ६ वटामा अस्वीकार प्रस्ताव पेश नभएको बताए । 

    राष्ट्रिय सभामा पेश भएका अध्यादेशहरूमध्ये बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ मा अस्वीकार प्रस्ताव पेश भएका छन् । 

    त्यस्तै, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, सपथ सम्बन्धी अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ मा पनि अस्वीकार प्रस्ताव पेश भएको सचिव गिरीले जानकारी दिए । 

    यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पद्धार्थ (नियमन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ माथि भने अस्वीकार गर्ने प्रस्ताव पेश भएको छैन । प्रमुख प्रतिपक्षी तथा बिपक्षी गठबन्धनका सांसदहरूले अध्यादेश अस्विीकृतको प्रस्ताव गराएका हुन् ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १६:१०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij