Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

शम्भु थापाले देउवालाई प्रधानमन्त्री बनाउन न्यायाधिशलाई दिए यस्तो आइडिया, बहस गर्दै के-के भने ?

शम्भु थापाले देउवालाई प्रधानमन्त्री बनाउन न्यायाधिशलाई दिए यस्तो आइडिया, बहस गर्दै के-के भने ?


  • 11.0K
    Shares

    शम्भु थापाले देउवालाई प्रधानमन्त्री बनाउन न्यायाधिशलाई दिए यस्तो आइडिया, बहस गर्दै के-के भने ?

    काठमाडौँ । प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी कानुनसम्मत रहेको तर्क गरेका छन्। उनले राष्ट्रपतिले बदनियतपूर्वक देउवाको दाबी खारेज गरेको भन्दै यसमा परमादेश जारी हुनुपर्ने बताए। 

    वरिष्ठ अधिवक्ता थापाले १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी नकार्न नमिल्ने बताए। 

    उनले प्रधानमन्त्री ओलीले आफू पनि संसद्‌मा नजाने र अरुलाई पनि जान नदिने नियत राखेको तर्क गरे। "१५३ जनाको समर्थन थियो भने विश्वासको मत किन नलिएकोरु केपी ओलीले दाबी गर्ने हो भने संसद्‌मा जानुपर्ने थियो", थापाले भने, "यो देउवाको मात्र दाबी हो। त्यसकारण परमादेश जारी गर्न समस्या छैन।"

    यससँगै रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ। अब एमिकस क्युरीले राय दिनेछन्। प्रतिनिधि सभा विघटन मुद्दामा आजै सुनुवाइ सक्ने तयारी छ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १४:२०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij