Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

श्रीमती र छोरीको जन्मदिन दक्षिणकालीमा मनाएर प्रचण्डको परिवार फर्कियो

श्रीमती र छोरीको जन्मदिन दक्षिणकालीमा मनाएर प्रचण्डको परिवार फर्कियो


  • 8.7K
    Shares

    श्रीमती र छोरीको जन्मदिन दक्षिणकालीमा मनाएर प्रचण्डको परिवार फर्कियो

    काठमाडौंको दक्षिणकाली नजिकै रहेको हात्तिवन रिसोर्टमा हिजो राति प्रचण्डको परिवारले उधुम रमाइलो गरेको खबर छ।  आज असार २१ गते प्रचण्ड पत्नी सीता दाहाल र माइली छोरी रेणु दाहालको जन्मदिन हो।  पत्नी र छोरीको जन्मदिनलाई उल्लासमय बनाउन प्रचण्डको सिंगो परिवारका एक  दर्जन सदस्य त्यहा पुगेका हुन्। चितवनको भरतपुर महानगरकी मेयर रेणुको आग्रहमा प्रचण्डको परिवार त्यहाँ पुगेको हो। 

    सीता दाहाल आज बाट ६७ बर्ष लागेकी छिन। उनी पति प्रचण्ड भन्दा छ महिना जेठी छिन। प्रचण्डकी माईली छोरी रेणु आजबाट ४५ बर्ष लागिन। आमा-छोरीको जन्मदिन दक्षिणकाली एरियामा मनाएर प्रचण्डले राजनीतिक उकुसमुकुस बाट थोरै भएपनि राहत लिएको महसुस गरेको एक पारिवारिक सदस्यले बताए। 


    हिजो  दिउँसो सवा ३ बजे रिसोर्ट पुगेका प्रचण्ड आज अबेर मात्र फर्किएका छन् । छोरी, ज्वाई र नातिनीहरु सहित हिजोको रात उतै बिताएको प्रचण्ड परिवारले आज बिहान पनि उतै खाना खाएको हो ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १३:४८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij