Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पहिलो प्रयासमै शाखा अधिकृत हुँदै ३० बर्षमै उपसचिव भएकी पूजाका यस्ता छन् लोकसेवा पास गर्ने मन्त्र

पहिलो प्रयासमै शाखा अधिकृत हुँदै ३० बर्षमै उपसचिव भएकी पूजाका यस्ता छन् लोकसेवा पास गर्ने मन्त्र


  • 115.2K
    Shares

    पहिलो प्रयासमै शाखा अधिकृत हुँदै ३० बर्षमै उपसचिव भएकी पूजाका यस्ता छन् लोकसेवा पास गर्ने मन्त्र
    images

    पहिलो प्रयासमै शाखा अधिकृत

    ०६० सालमा भक्तपुरमा अवस्थित विद्याविकास माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ । प्लस टु उत्तीर्णपछि ०६३ सालमा काठमाडौं स्कुल अफ लमा भर्ना भएँ । ०६८ सालमा छात्रामध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट स्थानमा उत्तीर्ण भएँ । त्यसबापत सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूबाट नेपाल छात्रा विद्यापदकसमेत प्राप्त गरेँ । यस्तै, ०६९ सालमा नेपाल कानुन व्यवसायी परिषद्को लाइसेन्सको परीक्षामा पनि सर्वोत्कृष्ट बन्न सफल भएँ । त्यही वर्ष शाखा अधिकृत पदका लागि लोकसेवामा आवेदन दिएकी हुँ । 

    आवेदन दिनुअघिसम्म कानुन व्यवसाय गर्ने या सरकारी जागिरमा जाने भन्ने अन्योलमा थिएँ । जब शाखा अधिकृत पदका लागि आवेदन बुझाएँ, सरकारी जागिर नै मेरो भविष्य हो भन्ने बोध भयो । र, मनमनै प्रतिज्ञा गरेँ, यो वर्ष नाम निकाल्न नसके पनि अर्को वर्षका लागि तयारी हुन्छ । एकातिर एलएलएमको अन्तिम परीक्षा नजिकिँदै थियो । उता लोकसेवाको तयारीमा होमिएँ । एकैसाथ दुईवटा महत्वपूर्ण परीक्षाको तयारी गर्नुपर्दा लोकसेवाका लागि प्रशस्त समय दिन सकिरहेकी थिइनँ । भएको समय दुवै परीक्षाका लागि बाँडचुँड गरेँ । करिब दुई महिनाको तयारीमा दिएको परीक्षाको नतिजा आउँदा खुलाबाट नेपाल न्याय सेवा, न्याय समूह र कानुन समूह गरी दुवै समूहको लिखित परीक्षामा उतीर्ण भएँ । र, लोकसेवा आयोगबाट नेपाल न्याय सेवाअन्तर्गतको न्याय समूहमा एक नम्बरमा सिफारिस भएँ ।

    शाखा अधिकृतको रूपमा चार वर्ष सर्वोच्च अदालतका विभिन्न शाखामा काम गर्दै थिएँ । शाखा अधिकृतमा नियुक्त भएको चार वर्ष पुगेपछि फेरि उपसचिवका लागि प्रतिस्पर्धामा भाग लिएँ । ०७५ साल साउन ३० गते नेपाल न्याय सेवा, न्याय समूह र सरकारी वकिल समूहको खुला र आन्तरिक गरी ४ वटै स्थानको लिखित परीक्षामा उतीर्ण भएँ । र, मैले नेपाल न्याय सेवा, न्याय समूह रोजेँ र एक नम्बरमै उपसचिव पदमा सिफारिस भएँ । हाल म सर्वोच्च अदालतमा उपरजिस्ट्रार छु । ३० वर्षको उमेरमै उपसचिव पदमा उत्तीर्ण म सम्भवतः न्याय सेवामा सबैभन्दा कम उमेरको उपसचिव हुँ । 
     

    सरकारी सेवामा प्रवेश


    बुबा न्याय सेवामा रहनुभएकाले मभित्र पनि सानैदेखि एक दिन न्यायाधीश हुनुपर्छ भन्ने लाग्थ्यो । म हुर्कंदै आउँदा न्यायाधीश बन्ने त्यो भोक, इच्छा र चाहना पनि सँगै हुर्कियो । प्लस टुलगत्तै कानुन पढेँ । आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मिहिनेत गरेँ । जागिर मात्र खानेभन्दा पनि राष्ट्रको सेवा गर्ने अवसरको रूपमा लिएको छु । मेरो अनुभवमा अध्ययनलाई दैनिक क्रियाकलापको रूपमा विकास गर्न सकेमा कुनै पनि परीक्षामा सहज उत्तीर्ण हुन सकिन्छ ।

    यसरी गर्थें परीक्षाको तयारी


    शाखा अधिकृतको तयारी गर्दा स्नातक तहमा पढेका सामग्रीहरूले धेरै सहयोग ग¥यो । बजारमा लोकसेवाकै तयारीका लागि प्रकाशित पुस्तकबारे जानकारी थिएन । कुन किताब महŒवपूर्ण हो भन्ने पनि थाहा थिएन । लोकसेवासँग सम्बन्धित वा असम्बन्धित विभिन्न किताब संकलन गरेँ र पढेँ । पढ्ने तरिकाबारे साथीहरूसँग छलफल गर्थें । प्रायः धेरैजसो दोहोरिएका प्रश्नलाई महŒव दिन्थेँ । त्यस्ता पुराना प्रश्नपत्रहरूको संकलन गरी त्यसले खोजेको उत्तर लेख्थेँ । प्रश्नपत्रको समाधान गर्दा संकलित सामग्रीको सहायता लिन्थेँ । यसरी प्रश्नपत्र समाधान गर्दै जाँदा लगभग सम्पूर्ण विषयमा विस्तृत नोट नै बनेको थियो । 
    यद्यपि, परीक्षाको तयारी पूरा भएको थिएन । र पनि पहिलो प्रयासमै अधिकृतमा सफल भएँ । उपसचिवको तयारी गर्दा भने करिब एक वर्ष समय दिएँ । पुराना प्रश्नपत्रका आधारमा परीक्षामा सोधिएका विषयस्तुसँग मिल्ने पाठ्यसामग्री, अध्ययन प्रतिवेदनलगायत सामग्रीहरू पढ्ने गर्थें । 

    पढ्ने तरिका


    आवश्यकताअनुसार विभिन्न किताब पढ्नुपर्दछ । गुणात्मक अध्ययन सामग्री संकलन गर्ने बानी बसाल्नु जरुरी छ । पढ्ने तरिका व्यक्तिपिच्छे फरक हुन्छ । भाषाशैली फरक हुन्छ । तर, विषयवस्तु भने एउटै हुन्छ । त्यसकारण कसैको नक्कल गर्नुभन्दा आफ्नै शैलीमा पढ्नुपर्छ । तर, जे–जस्तो शैली अपनाए पनि विषयवस्तुको नोट बनाउँदा वा प्रश्नको उत्तर लेख्दा ५ वटा ‘सी’ लाई ध्यान दिनुपर्दछ । त्यो भनेको कन्सेप्ट, कन्टेन्ट, कन्टेक्स्ट, क्रिटिकल एनालाइसिस र कन्क्लुजन । यस्तै, परीक्षा नजिकिँदै जाँदा नोटहरू हेर्ने, बुँदाहरू  याद गर्नुपर्दछ । 

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १२:२५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij