Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

बोर्डसँग विवाद सिर्जना भएपछि कार्यकाल नसकिँदै सेञ्चुरीको सीईओबाट गौतमले दिए राजीनामा

बोर्डसँग विवाद सिर्जना भएपछि कार्यकाल नसकिँदै सेञ्चुरीको सीईओबाट गौतमले दिए राजीनामा


  • 5.3K
    Shares

    बोर्डसँग विवाद सिर्जना भएपछि कार्यकाल नसकिँदै सेञ्चुरीको सीईओबाट गौतमले दिए राजीनामा
    images

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बैंकर्स तुलसीराम गौतमले राजीनामा दिएका छन् । असार ३० गते बोर्डलाई राजीनामा बुझाएको बैंकका सीईओ गौतमले बताए ।

    “आइतबार बोर्ड समक्ष राजीनामा दिएको हो, बोर्डबाट स्वीकृत भएको छैन, बैंक र बोर्डलाई मार्ग प्रशस्त गरौं भनेर राजीनामा दिएको हो,” बैंकर गौतमले भने ।

    तर, बैंक स्रोत भने बोर्डले दिएको लक्ष्य पूरा गर्न नसकेपछि बोर्डको दवाब झेल्न नसकेको र बोर्डसँग विवाद सिर्जना भएपछि गौतमले राजीनामा दिएको बताउँछ । सेञ्चुरी बैंकको भन्दा कमजोर पफर्मेन्स भएको सिभिल बैंकले पनि पछिल्लो समय सेञ्चुरी बैंकलाई व्यवसायमा पछाडि छोडेपछि गौतमलाई बोर्डबाट दबाब बढेको स्रोत बताउँछ ।

    उनले भने कोभिडका कारण बोर्डले दिएको लक्ष्य पूरा हुन नसकेको बताउँदै आएका थिए । तर, बोर्डको प्रेसर लगातार बढ्दै गएपछि उनले आइतबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

    चार वर्ष कार्यकालका लागि सीईओ नियुक्त भएका गौतक कार्यकाल ९ महिना बाँकी छँदै बैंकबाट बाहिरिन लागेका हुन् ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १२:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij