Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

बोर्डसँग विवाद सिर्जना भएपछि कार्यकाल नसकिँदै सेञ्चुरीको सीईओबाट गौतमले दिए राजीनामा

बोर्डसँग विवाद सिर्जना भएपछि कार्यकाल नसकिँदै सेञ्चुरीको सीईओबाट गौतमले दिए राजीनामा


  • 5.3K
    Shares

    बोर्डसँग विवाद सिर्जना भएपछि कार्यकाल नसकिँदै सेञ्चुरीको सीईओबाट गौतमले दिए राजीनामा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बैंकर्स तुलसीराम गौतमले राजीनामा दिएका छन् । असार ३० गते बोर्डलाई राजीनामा बुझाएको बैंकका सीईओ गौतमले बताए ।

    “आइतबार बोर्ड समक्ष राजीनामा दिएको हो, बोर्डबाट स्वीकृत भएको छैन, बैंक र बोर्डलाई मार्ग प्रशस्त गरौं भनेर राजीनामा दिएको हो,” बैंकर गौतमले भने ।

    तर, बैंक स्रोत भने बोर्डले दिएको लक्ष्य पूरा गर्न नसकेपछि बोर्डको दवाब झेल्न नसकेको र बोर्डसँग विवाद सिर्जना भएपछि गौतमले राजीनामा दिएको बताउँछ । सेञ्चुरी बैंकको भन्दा कमजोर पफर्मेन्स भएको सिभिल बैंकले पनि पछिल्लो समय सेञ्चुरी बैंकलाई व्यवसायमा पछाडि छोडेपछि गौतमलाई बोर्डबाट दबाब बढेको स्रोत बताउँछ ।

    उनले भने कोभिडका कारण बोर्डले दिएको लक्ष्य पूरा हुन नसकेको बताउँदै आएका थिए । तर, बोर्डको प्रेसर लगातार बढ्दै गएपछि उनले आइतबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

    चार वर्ष कार्यकालका लागि सीईओ नियुक्त भएका गौतक कार्यकाल ९ महिना बाँकी छँदै बैंकबाट बाहिरिन लागेका हुन् ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १२:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij