Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेसको समायोजन समितिको बैठक आज बस्दै, अन्य दलबाट आउनेलाई क्रियाशिल सदस्यता दिनेबारे छलफल

कांग्रेसको समायोजन समितिको बैठक आज बस्दै, अन्य दलबाट आउनेलाई क्रियाशिल सदस्यता दिनेबारे छलफल


  • 5.3K
    Shares

    कांग्रेसको समायोजन समितिको बैठक आज बस्दै, अन्य दलबाट आउनेलाई क्रियाशिल सदस्यता दिनेबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ ।

    अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं, रुपन्देही लगायतका जिल्लामा देखिएको समायोजन सम्बन्धी विवादबारे छलफल हुने बताइएको छ ।

    अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयको विवादमा दुवै पक्षसँग छलफल गरेर आवश्यक निर्णय लिने समायोजन समितिको तयारी छ ।

    कांग्रेसले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएकालाई समायोजन गर्न निधिको संयोजकत्वमा बनाएको समितिले राप्रपासहित अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको हकमा पनि काम गरिरहेको छ ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - ११:५६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij