Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ गतेबाट  शुरु गर्ने

युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ गतेबाट  शुरु गर्ने


  • 5.1K
    Shares

    युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ गतेबाट  शुरु गर्ने
    images

    काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पश्चात एकीकृत कारोबार असार २७ गतेदेखि शुरु गर्ने भएको छ ।  

    यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित  भएको र गत असार १५ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेका कारण एकीकृत कारोबार शुरु हुन लागेको हो ।

    कम्पनीले गत  असार १८ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी गाभ्ने स्वीकृती पाइसकेको पनि बताएको छ । युनाइटेड फाइनान्सको १ कित्ता शेयर बराबर नबिल बैंकले शून्य दशमलव ३५ कित्ता(१: ०.३५) शेयर प्रदान गर्ने गरी युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको हो ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - ११:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij