Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ गतेबाट  शुरु गर्ने

युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ गतेबाट  शुरु गर्ने


  • 5.1K
    Shares

    युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंकले एकीकृत कारोबार असार २७ गतेबाट  शुरु गर्ने

    काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पश्चात एकीकृत कारोबार असार २७ गतेदेखि शुरु गर्ने भएको छ ।  

    यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित  भएको र गत असार १५ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेका कारण एकीकृत कारोबार शुरु हुन लागेको हो ।

    कम्पनीले गत  असार १८ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी गाभ्ने स्वीकृती पाइसकेको पनि बताएको छ । युनाइटेड फाइनान्सको १ कित्ता शेयर बराबर नबिल बैंकले शून्य दशमलव ३५ कित्ता(१: ०.३५) शेयर प्रदान गर्ने गरी युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको हो ।

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - ११:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij