Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कोरोना संक्रमणबाट काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको निधन

कोरोना संक्रमणबाट काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको निधन


  • 4.6K
    Shares

    कोरोना संक्रमणबाट काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको निधन

    कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट नेपाली कांग्रेस दैलेखका नेता जगतजंग थापाको निधन भएको छ ।

    वि.स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ  । कोरोना संक्रमित भइ दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतबार राती ३ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । 

    उनी २०३० देखि २०३४ सम्म त्रिभुवन मावीका शिक्षक थिए । पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका थापा २०५३ देखि २०५६ सम्म नेपाली कांग्रेस दैलेखको सभापति थिए ।

    त्यसयता राजनीतिमा सक्रिय रहेका थापा २०७४ मा भएको कर्णाली प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनेका थिए । उनी लोकतान्त्रिक गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख)बाट प्रदेश सांसदको निर्वाचन लडेको थिए । उनले नेपाल बाल संगठनको सभापति, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थामार्फत समाज सेवा गरेका थिए । 

    भद्र, शालिन र बौद्धिक राजनीतिज्ञको रुपमा स्थापित नेता थापा नेपाली कांग्रेसको महासमिति सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका सदस्य हुन् । 

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - ११:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij