२०८२ भाद्र ३ गते मंगलवार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट २३ सांसदसँग छलफल गरेका छन्। ओली पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्ने सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि नेता नेपालले आफू निकट सांसदसित छलफल गरेका हुन्।
सांसद रामकुमारी झाँक्रीले पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिइन्। भेटमा नेता नेपालले अध्यक्ष केपी ओलीसित भएको टेलिफोन कुराकानीबारे सांसदहरुलाई जानकारी गराएका थिए।
सांसद झाँक्रीले अवैधानिक कमिटीको नाममा भएको बैठक र त्यसले दिएको अल्टिमेटमको कुनै अर्थ नराख्ने भन्दै आफूहरु पूर्ववत अडानमा प्रष्ट रहने निष्कर्ष निकालिएको बताइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij