Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

विभिन्न क्षेत्रका २१ कम्पनीको ७ करोड ९७ लाख कित्ता आईपीओ आउँदै

विभिन्न क्षेत्रका २१ कम्पनीको ७ करोड ९७ लाख कित्ता आईपीओ आउँदै


  • 8.1K
    Shares

    विभिन्न क्षेत्रका २१ कम्पनीको ७ करोड ९७ लाख कित्ता आईपीओ आउँदै
    images

    काठमाडौं । के तपाँइ प्राथमिक सेयर निष्कासन (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि त्यसो हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका २१ कम्पनीको (आईपीओ) आउँदैछ । एउटा कम्पनी मनकामना स्मार्ट लघुवित्तले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यूनियन लाइफ इन्स्योरेन्सले पनि असार २४ गतेबाट (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    नेपाली सेयर बजारमा २१ वटा कम्पनीको ७ अर्ब ९७ करोड ९० लाख ८ हजार ४०० रुपैयाँ बराबरको ७ करोड ९७ लाख ९० हजार ८४ कित्ता आईपीओ निष्काशन हुँदैछ ।

    तेह्रथुम पावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट साधारण सेयर आईपीओ जारी गर्ने अनुमति पाएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले असार १० गते, बिहीबार (आईपीओ) निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

    यस्तै आइएमई लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

    साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन पेश गरेको छ । 

    सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि बोर्डमा निवेदन पेश गरेको छ। यस्तै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। 

    मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेको हो । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि  सेबोनमा निवेदन पेश गरेको हो । 

    यस्तै अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबोनमा निवेदन पेश गरेको हो । 

    सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँदरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको छ । 

    यस्तै डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेको दछ । ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि निवेदन पेश गरेको छ  । 

    यस्तै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर  आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि  सेबोनमा निवेदन पेश गरेको छ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि  सेबोनमा निवेदन पेश गरेको छ। 

    यसैगरि विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेको छ । 

    यस्तै सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३०  रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि  निवेदन पेश गरेको छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेको छ। 

    बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड मा निवेदन पेश गरेको छ । बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

    प्रकाशित मिति :आषाढ १९ २०७८ शनिवार - १४:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij