Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादी त्यागेर एमाले भएका यी ४ जनप्रतिनिधिलाई पुनःबहाली गर्न अदालतले दियो फेरि अर्को आदेश

माओवादी त्यागेर एमाले भएका यी ४ जनप्रतिनिधिलाई पुनःबहाली गर्न अदालतले दियो फेरि अर्को आदेश


  • 8.5K
    Shares

    माओवादी त्यागेर एमाले भएका यी ४ जनप्रतिनिधिलाई पुनःबहाली गर्न अदालतले दियो फेरि अर्को आदेश

    माओवादी केन्द्रबाट निर्वाचित भए पनि एमाले प्रवेश गरेपछि पदमुक्त भएका ४ जना जनप्रतिनिधिलाई पुनःबहाली गर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पुनःबहाली गर्न आदेश दिएको हो।

    माओवादी केन्द्रको कारबाहीपछि निर्वाचन आयोगले पदमुक्त गरेका उपप्रमुख देवकोटा, गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका ४ का वडाध्यक्ष पुरन बीसीलाई पुनःबहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १७:०८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij