Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

४.१३ अङ्कले घट्यो नेप्से, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो

४.१३ अङ्कले घट्यो नेप्से, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो


  • 5.5K
    Shares

    ४.१३ अङ्कले घट्यो नेप्से, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।

    आज बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको एक सय १२ र लगानी समूहको शेयर एक सय पाँच अङ्कले घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर भने बढेको छ ।

    दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको  छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ ।  

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १५:२८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij