Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

४.१३ अङ्कले घट्यो नेप्से, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो

४.१३ अङ्कले घट्यो नेप्से, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो


  • 5.5K
    Shares

    ४.१३ अङ्कले घट्यो नेप्से, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो
    images

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।

    आज बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको एक सय १२ र लगानी समूहको शेयर एक सय पाँच अङ्कले घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर भने बढेको छ ।

    दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको  छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ ।  

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १५:२८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij